भर्खरै

के सफल होला त ? बढ्दो विद्युतको मागमा सरकारी प्रभावकारिता

  • प्रकाशित मिति : Tue-03-Jan-2017
  • - सुनिता पुडासैनी 
title


दिनमा १८ घण्टा सम्म लोड्सेडिङको मार खेप्दै आएका नेपालीहरूले गत वर्षको कार्तिक मुक्ति पाएका छन् । नेपालमा विद्युत उत्पादन भएको एक शताब्दी बढी भएको छ । आज सम्मका हरेक क्रियाकलापलाई नियाल्ने हो भने विश्वमा नै १९÷२० औं शताब्दीमा प्रविधिको विकाससँगै विद्युतको पनि विकास भएको हो । अमेरिका र यूरोपमा यसको विस्तारसँगै २० औं शताब्दीको सुरुवातमा नै नेपाल र भारतसँगै जस्तो विद्युतीय क्षेत्रमा प्रवेश गरेको भएता पनि आजसम्म नेपालका कतिपय गाउँबस्तीका मानिसहरू बत्तिमुनीको अँध्यारोको जिन्दगी बिताउन बाध्य रहेका छन् । सन् १९११ मा पहिलो पटक फर्पिङ जलविद्युत आयोजना रहेको थियो । 
राणाहरूले आफ्नो र भाई भारदारहरूको प्रयोगका लागि काठमाडौंबाट शुरु गरेको विद्युतको विकासक्रम क्रमशः हुँदै गयो । सन १९३५ मा सुन्दरीजल १ हजार केडब्लुको प्रोजेक्ट बन्यो । २००७ सालपछि आवधिक योजना बनाएर यसको विकास गर्ने परिपाटी कायम भयो । विभिन्न समयमा त्रिशुली, पनौति, फेवा गरी २४.५ मेगावाट र सन १९७१–१९८० सम्म देवीघाट, सुनकोशी, गण्डकी, तिनाउ गरी ४० मेगावाट, सन १९८१–१९९० भित्र कुलेखानी पहिलो र दोश्रो मस्र्यांदी, सेती, तातोपानी १६३.५ मेगावाट, सन १९९० – १९९८ सम्ममा झिमरुक, आधिखोला, १७.१ मेगावाट, सन १९९९ –२००३ सम्ममा कालीगण्डकी, खिम्ती, भोटेकोशी, इन्द्रावती र चिलिमे गरी २६७.५ मेगावाट, सन २००४–२०१० सम्म मध्य मस्र्यांङ्दी र निजी क्षेत्रका अन्य गरी ९५ मेगावटले गर्दा जम्मा उत्पादन सन २०१० मा ६०८.४ मेगावाट पुगेको छ । आजको समयमा पनि विभिन्न आयोजनाहरू निर्माणाधिन रहेका छन् । पछिल्लो समयमा जलविद्युत आयोजनाले तीव्रता लिएता पनि विदेशी लगानी बढाउँदा राम्रो मान्न सकिन्न । 
विद्युत उत्पादन र बिक्रि वितरण कमर्शियल टिममा गर्नु पर्ने र राजनीतिक जोड घटाउ नगर्नु उत्तम हुन्छ । छिमेकी मुलुकहरूसँग सहकार्य गरि जलस्रोतको विकास अगाडी बढ्ने सरकारको योजना के साच्चै पुरा होला त ? विकासका कार्य योजना मध्य जलस्रोत मुल आधारको रुपमा रहेको छ । नेपालमा बढ्दो लोड्सेडिङलाई न्यूनीकरण गर्न यो समयमा नेपाल प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका कार्यहरूले नेपाली समुदायमा एउटा उर्जा थपिदिएको छ । लोड्सेडिङको मारमा परेका उपभोक्तालाई विद्युत आपूर्ति गर्नु नै चुनौतीको विषयलाई सामना गरेका छन् । हाल पुसमा सकिन लागेको विद्युत खरिद सम्झौता नवीकरण गर्न ढल्केबर र मुजफ्रपुर अन्तरदेशीय मार्फत आयात भइरहेको १५० मेगावाट विद्युत नवीकरण के दिर्घकालिन होला त ? नेपाली जनताहरूको आशालाई के साच्चै घिसिङले पुरा गर्न पाउँछन त ? आजको समयमा सबै विद्युत उपभोक्ताहरूको आशाको किरणको रुपमा स्थापित भएका घिसिङ के कतै राजनीतिक माहोलमा त पर्ने होइन् भन्ने कुरा कतिपय व्यक्तिहरूमा उत्पन्न हुनु सामान्य रहेको छ । किन कि नेपाली राजनीतिकले नै प्राय नेपालीहरू प्रति नकारात्मक छाप छोडेर होला । युवावर्गहरूमा खासै राजनीतिक कुराले प्रभावित पर्न सकेको छैन । विकास निर्माणका आयोजनाहरू एवंम गौरवका आयोजनाहरू निर्माणका कुराहरू आइरहेको बेलामा केहि आशाहरू नेपालीहरूमा मौलाएको छ । नेपालको कतिपय त्यस्ता ठाँउहरू रहेको छ जहाँ बत्तिको पोल गएको ४ वर्षसम्म पनि बत्ति बलेको छैन् । नेपालमा त्यस्ता ठाँउको अझै पनि कमि छैन् जहाँ बत्ति मुनीको अध्यारोमा त्यहाँका बासिन्दाहरू आफ्नो जिविका चलाउन बाध्य रहेका छन् । 
 नेपालको परिपेक्षमा भन्ने हो भने विकासका कुरा केबल चुनावी माहोलमा मात्र राजनीतिक दलहरूले चासो दिएको पाईन्छ । त्यसपछिको समयमा गाँउ –गाँउ जाने र विकासका कुरा गर्न त उनीहरूका लागि हिउँदमा पहिरो आए जस्तै हुन्छ । नेपालको अस्थिर राजनीति कै कारणले पनि जलविद्युत आयोजनामा मात्र नभई विकासका हरेक योजनाहरूमा अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ । नेपालमा निर्माणाधीन आयोजनाले हरेक नेपालमा सकारात्मक सोच पैदा गर्दै गर्दाको यो समयमा नेपाल प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालेका हरेक कदमहरूले विद्युत उपभोक्तामा केहि आशाको दियो बल्लेको छ । घिसिङको सम्पूर्ण नेपालीहरूको घर–घरमा बिजुली पु¥याउने अठोट के उहाँको कार्यकालमा सफल बनाउन दिन्छन् होलात् ? भन्ने विचार सर्वसाधारणमा कता–कता उत्पन्न हुन थालेको छ । घिसिङको कार्यकालमा नै भएको परिवर्तनलाई हेर्दै जाने हो भने आगामी दिनमा पनि उनले बोलेका कुराहरू पुरा गर्नमा भन्दा पनि केहि बाधाहरू सिर्जना हुन त होइनन् । 
समंग्रमा देशको स्थितिलाई हेर्ने हो भने विकासका एजेण्डाहरूलाई सहज रुपमा प्रस्तुत गर्न नसक्दाको समयमा वर्षाै देखि लोड्सेडिङको मार खेप्दिै आएका उपभोक्तामा लोड्सेडिङ मुक्त गराउँनु माननीय कार्यको रुपमा रहेको छ । यी दिनहरूमा पनि नेपालीहरूको माझमा उत्कृष्ट व्यक्तिका रुपमा रहेका घिसिङले पछिल्लो दिनमा नि आफ्नो स्थान कायम गर्न सक्छन भन्ने आशा सबै नेपालीहरूमा रहेको छ । उक्त आशाहरू कतै अन्तिम समय सम्म हराउने त हैनन् ? सबै भित्र यस्तो विचार आउनु सामान्य विषयको रुपमा लिनु पर्ने समय आएको छ । तसर्थ नेपालीहरु बढ्दो विद्युतीकरणको माग सरकारी स्तरबाट पुरा भएको हेर्न निकै लालायीत भएका छन् ।

प्रतिक्रिया