भर्खरै

रोमा अरबन स्वीच नेपाली बजारमा

  • प्रकाशित मिति : Wed-01-Aug-2018
  • - Admin
title

भीमलाल श्रेष्ठ
काठमाडौं, साउन । प्रिमियर ओभरसिज प्रा.लि ले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रोमा कम्पनीको मोडुलर स्वीज अरबन स्वीच नेपाली बजारमा लन्च गरेको छ । विगत १०० वर्ष देखि पानासोनिक ब्राण्डका स्वीचहरूको उत्पादन गर्दै उपभोक्ताको मन जित्न सफल कम्पनीले ५५ वर्ष देखि एेंकर स्वीचको उत्पादन गर्दै आएकोमा हालै मात्र उपभोक्तामैत्री रोमाको नयाँ मोडुलर अरबन स्वीच बजारमा ल्याएको हो । कार्यक्रममा प्रिमियर ओभरसिज प्रा.लि का डाईरेक्टर विनित सारडाले नेपाली बजारमा गुणस्तरीय,भरपर्दो,सर्वसुलभ र सुरक्षा सहितको इलेक्ट्रिक सामान नेपाली बजारमा ल्याई उपभोक्ताहरूको पहिलो रोजाई रहन सफल भएको हाम्रो कम्पनीले हालै मात्र बजारमा ल्याएको रोमा अरबन स्वीचले बजारमा उत्कृष्ट स्थान लिनेमा  विश्वस्त रहेको बताए । 
कार्यक्रममा बोल्दै उनले भने “हाम्रो कम्पनीका प्रोडक्टले उपभोक्ताको मन जित्न सफल भएकै कारण यस्ता नयाँ प्रोडक्टहरू बजारमा ल्याउन हौसला मिलेको छ ।” त्यसैगरी कार्यक्रममा ऐंकर इलेक्ट्रिक प्रा.लि का भाइस प्रेसिडेन्ट सुनिल नरुलाले रोमा अरबन स्वीच विभिन्न किसिमको कलर र साइजमा बजारमा उपलब्ध रहेको बताए । उनका अनुसार स्वीच अनअफ गर्दा ६५ डि.बि. साउण्ड भन्दा कम साउण्ड हुने,स्वीचको लाइफ साधारण मोडुलर स्वीच भन्दा दोब्बर रहेको, कलर प्लेट, ग्लास प्लेट र मेटल प्लेटमा बजारमा उपलब्ध भएको, स्वीच कस्दा फुट्ने सम्भावना नरहने पावर सकेट मा टुपिन लगाउँदा अर्काे पेन वा अन्य वूतुको सहायताले काम गर्नुपर्ने झन्झटबाट मुक्ति हने यो स्वीचको आयु लामो सयम सम्म टिकाउ रहने र सेतो, कालो र सिल्भर कलर लगायत विभिन्न कलरमा पाइने विशेषता रहेको उनको भनाई रहेको छ । कार्यक्रममा कम्पनीले डिलरहरूको लागि रोमा स्वीच बिक्री वापत् विभिन्न तहका स्कीमहरूको व्यवस्था गरेको छ । ३ लाख ५१ हजारको स्वीच बिक्री गर्ने डिलरलाई ६ ग्राम सुन, ७ लाख ५१ हजार बिक्री गर्ने डिलरलाई १५ ग्राम सुन वा दुबई भ्रमण, १५ लाख सम्मको डिलरलाई ३६ ग्राम सुन वा जापान भ्रमण र ३० लाख बिक्री गर्ने डिलरलाई ४० ग्राम सुन र जापान भ्रमण जाने स्कीमको व्यवस्था कम्पनीले गरेको छ । नेपालभरका डिलरहरूलाई ३ महिना अवधिको यो स्कीम खुल्ला गरिएको नरुलाको भनाई रहेको थियो । कार्यक्रममा कम्पनीबाट उत्पादन भएका सामानहरू गतवर्षको नेपालभर बिक्री गर्ने उत्कृष्ट ३ डिलरहरू मध्ये नितेश इलेक्ट्रिक, विराटनगरका हेम घिमिरे, नेपाल इलेक्ट्रिक बुटवलका अनन्तमान थैव र पुजा इलेक्ट्रिकल्स विर्तामोडका निरज अग्रवाललाई कम्पनीले सम्मान गरेको थियो । साथै एेंकर स्वीचको मुख्य अफिस मुम्बई रहेको, उत्पादन कम्पनी ८ वटा शहरबाट गरिदै आएको छ भने उक्त कम्पनीमा ९ हजार जनाले रोजगारी पाएको र भारतीय सरकारलाई उक्त कम्पनीले गत वर्षमा २९.३६ विलियन आई.सी. भारतीय सरकालाई राजश्व बुझाउन सफल भएको समेत कम्पनीका भाइस प्रेसिडेन्ट नरुलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago