भर्खरै

सामसंग ग्यालेक्सी नोट नाइन सार्वजनिक  ५१२ जीबी आन्तरिक स्टोरेज

  • प्रकाशित मिति : Wed-15-Aug-2018
  • - Admin
title

काठमाडौं । सामसंगले आफ्नो नयाँ ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (न्बबिहथ ल्यतभ ढ) यहि अगस्ट ९ तारिख विहिबार सार्वजनिक गरेको छ। कम्पनीले न्यूयोर्कको बार्क्लेज सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्मार्टफोनका साथमा ग्यालेक्सी वाच तथा ग्यालेक्सी होम डिभाइस सहित अरु सेवाहरू पनि लन्च गरेको छ। सामसंगको बहुप्रतिक्षित फोन यसअघिको फोन भन्दा केही फरक र थप सुविधाहरूसहित आएको छ । यो फोन दिनभर एक पटकको चार्जमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

डिजाइन

ग्यालेक्सी नोट नाइनको डिजाइन लुक यसअघिको नोट ८ सँग निकै नै मिल्दो छ । तर नयाँ फोनमा केहि परिवर्तन गरिएको छ । यसको फ्रन्ट प्यानल नोट ८ जस्तै देखिएपनि नोट नाइनको ब्याक डिजाइन भने निकै फरक रहेको छ । ग्यालेक्सी नोट ९ मा क्यामरा सेटअप होरिजन्टल सेटअपमा छ भने यसको फिंगरप्रिन्ट सेन्सर क्यामरा मोड्यूलको ठिक मुनी राखिएको छ । जसले गर्दा फोनको क्यामरामा हातका औंलाहरू जाँदैनन् ।

स्पेसिफिकेशन

स्मार्टफोनमा ६.४ इन्चको क्यूएचडी प्लस सूपर एमालेड एज. टू. एज. डिस्प्ले दिईएको छ, जून १८ः५ः९ एस्पेक्ट रेशियोका साथमा आउँछ । यो स्मार्टफोनमा अमेरिका र यूरोपका केहि देशहरूमा स्न्यापड्रागन ८४५ चीपसेटका साथ उपलब्ध हुनेछ भने नेपाल लगायतका एशियाली र अन्य मुलुकहरूमा भने सामसंगको आफ्नै एक्सनोज ९८१० प्रोसेसरका साथ सार्वजनिक गरिनेछ । यसमा २८ गीगाहर्जको अक्टाकोर १० नानोमिटरको प्रोसेसर रहेको छ ।
यो स्मार्टफोनमा ८ जीबी र्याम र ६ जीबी र्यामको भेरिएन्ट रहेको छ । ग्यालेक्सी नोट नाइन दुई स्टोरेज अप्सनमा उपलब्ध छ जून १२८ जीबी र ५१२ जीबीका रहेको छ । यसका साथै ५१२ जीबीको हाइब्रीड माइक्रोएसडी कार्ड स्लट समेत प्रयोग गर्नसकिने छ। १२८ जीबीका साथमा ६ जीबी र्याम हुनेछ भने ५१२ जीबी स्टोरेज फोनमा ८ जीबी र्याम राखिएको छ ।

ग्यालेक्सी नोट ९ क्यामरा

नोट ९ मा ग्यालेक्सी एस नाइन प्लसको जस्तै ड्यूल एपेर्चर क्यामरा राखिएको छ । यसको प्राइमरी सेन्सर १२ मेगापिक्सेल र अर्को सेन्सर पनि १२ मेगापिक्सेलको छ । क्यामरामा २एक्स लसलेस जूम तथा आईओएसका लागि एउटा टेलीफोटो लेन्स छ ।
नोट नाइनमा एचडी रिजोल्यूशनमा ९६० फ्रेम प्रति सेकेण्डमा ४ सेकेन्डको स्लो मोशन भिडियो रेकर्ड गर्न सकिनेछ ।फोनमा ८ मेगापिक्सेलको सिंगल फ्रन्ट क्यामरा छ जसले एआर इमोजी सपोर्ट गर्दछ ।

नोट नाइन एस पेन तथा एसेसरिरज

सामसंगको नोट नाइनका साथमा कम्पनीले दिने एस पेन निकै महत्वपूर्ण रहेको छ । पहिलो पटक एस पेनमा ब्लूटूथ सपोर्ट राखिएको छ यो स्टाइलसमा ठूलो अपग्रेड हो । ब्लूटूथ कनेक्टिभिटीका साथ तपाईँले तस्वीरहरूमा क्लिक गर्नका लागि रिमोट शटरका रुपमा एस पेनको उपयोग गर्न सकिनेछ । यसले स्मार्टफोनमा म्यूजिक प्लेब्याक लाई रिमोटली कन्ट्रोल गर्न समेत प्रयोग गर्न सकिन्छ ।

ब्याट्री पावर

स्मार्टफोनका लागि आवश्यक ब्याट्री ब्याकअपले गर्दा फोनको प्रयोगलाई सहजता प्रदान गर्दछ । सामसंगले नोट सेभेनमा आएको ब्याट्री पड्किने समस्यापछि कम्पनीले सावधानी पूर्वक ब्याट्री सेटअपमा ध्यान दिँदै आएको छ । नोट ९ मा कम्पनीले ४,००० एमएएचको ब्याट्री प्याक दिएको छ । यसले सामान्य प्रयोगमा १ दिनभर पावर दिने कम्पनीको दाबी छ ।

नोट नाइट अपरेटिंग सिस्टम

गूगलले अगस्त २० तारिखमा आफ्नो मोबाइल ओएसको नयाँ भर्सन एन्ड्रोयड पी रिलीज गर्दैछ । एन्ड्रोयड पी डेभलपर बेटा भर्सनमा पहिलेदेखि नै धेरै स्मार्टफोनहरू संचालन हुँदै आएका छन् । त्यसैले नोट नाइन पनि एन्ड्रोयड पीका साथमा आउने संभावना निकै कम थियो । त्यसैले यो स्मार्टफोनमा एन्ड्रोयडको ओरियो ८.१ भर्सन राखिएको छ ।

वायरलेस डुओ चार्जर

सामसंगले नयाँ वायरलेस चार्जरपनि सार्वजनिक गरेको छ । यो चार्जर तपाईँको स्मार्टफोन चार्ज गर्ने बेला सोहि समयमा तपाईँको स्मार्टवाच पनि चार्ज गर्ने सक्छ । त्यसैगरि फोनमा टाइप सी पोर्ट राखिएको छ ।

ग्यालेक्सी वाच

सामसंगले नोट नाइटका साथमा नयाँ ग्यालेक्सी वाच पनि लन्च गरेको छ । यो स्मार्टवाच यसअघिको ग्यालेक्सी गियर एस ३ को अपग्रेड भर्सन हो । यसमा रोटेटिंग बेजेल, वाटर एण्ड डस्ट रेजिस्टेन्ट, बिल्ट इन जीपीएस, र शक्तिशाली ब्याट्रीका फीचर छन् ।

मूल्य

हाल अमेरिकी बजारमा मात्र उपलब्ध हुने ग्यालेक्सी नोट नाइन अगस्त १० देखि प्रि(अर्डर गर्न सकिनेछ भने अगस्त २४ देखि उपलब्ध हुनेछ । कम्पनीले १२८ जीबीको मूल्य ९९९.९९ अमेरिकी डलर अर्थात करिब १ लाख १० हजार रुपैयाँ तोकिएको छ भने ५१२ जीबी भर्सनको मूल्य १,२५० डलर रहेको छ ।

अन्य विशेषताहरू

नोट नाइनमा आइरिस स्क्यानरका साथ आइपी ६८ वाटर एण्ड डस्ट प्रोटेक्सन छ भने सामसंग पे पनि उपलब्ध हुनेछ ।

नेपाली बजारमा आउँछ की आउँदैन् ?


सामसंगको ग्यालेक्सी नोट नाइन नेपाली बजारमा पनि सार्वजनिक हुँदैछ । कम्पनीले संभवत भारतीय बजारमा लन्च हुने दिनको अगाडि पछाडि मिलाएर नेपालमा पनि नोट नाइन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसको लागि कम्पनीले नोट नाइट आयात गर्ने प्रकृया शुरु गरिसकेको छ । एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago