भर्खरै

युनिलाईफ ब्राण्डका रङगीन स्वीच नेपाली बजारमा 

  • प्रकाशित मिति : Wed-22-Aug-2018
  • - Admin
title

प्रदिप श्रेष्ठ
काठमाडौं, भदौ । युनिलाईट इन्टरनेशनल प्रा.लि ले तपाईको विश्वास हाम्रो पहिचान भन्ने मुल नाराका साथ रङ्गीन स्वीचहरू नेपाली बजारमा ल्याएको छ । गत शनिबार धुलिखेल रिसोर्टमा कार्यक्रमको आयोजना गरी स्वीचको लन्च गरिएको हो । कार्यक्रममा कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर दिलिप कुमार जैनले हालै बजारमा ल्याएको स्वीच गोल्डेन र सिल्भर गरी दुई कलरमा उपलब्ध रहेको बताउँदै उक्त स्वीच शुद्ध कपर तथा पिसी (पोलिकार्बाेनेट) पाउडरको प्रयोग गरी निर्माण गरिएको र १५ वर्षको ग्यारेन्टी भएको उनले बताए । उनका अनुसार युनिलाईफको अर्थ बेजोडको जिन्दगी हो । यसै अर्थलाई मध्यनजर गर्दै युनिलाईफका स्वीचहरू प्रयोग गरी बेजोडको जिन्दगी जिउनुहोस् भन्ने मूख्य उद्धेश्यका साथ कम्पनीले स्वीचहरू बजारमा ल्याएको डाइरेक्टर जैनको भनाई रहेको छ । 
गुणस्तरयुक्त, पिसी पाउडर तथा शुद्ध कपरका पार्टहरूको प्रयोग गर्ने तथा गराउने कार्य गर्दै आएकाले यसै क्रमलाई मध्यनजर गर्दै अझै परिष्कृत गरेर उत्कृष्ट युनिलाईफ स्वीचहरू कम्पनीले पहिलो पटक बजारमा ल्याएका बताए । बजारमा सेतो रङका मात्र स्वीचहरू पाउने गरेकोमा हामीले गोल्डेन र सिल्भर रङमा स्वीच ल्याएका छौं भने यो स्वीच फायर प्रुफ पनि रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा व्यवसायीहरूले युनिलाईफ कम्पनीबाट उत्पादन भएको प्रोडक्टहरू मध्ये ६ एम्पीयरको सकेट र कर्डमा निकै नै सुधार गर्नुपर्ने गुनासो गर्दै सम्पूर्ण व्यापारीलाई मूल्यमा एकरुपता ल्याउनुपर्ने र साना तथा ठुला व्यापारी दुवैलाई समान मूल्य हुनुपर्ने व्यवसायीहरूले माग गरेको थियो । व्यवसायीहरूले युनिलाईफको स्वीच व्यवसायीहरूको समक्ष मात्र नभई हरेक सर्वसाधारण सम्म पनि प्रचार प्रसार हुनुपर्ने व्यवसायीहरूको भनाई रहेको थियो । 
कार्यक्रममा कम्पनीले हालै लन्च गरिएको युनिलाईफ स्वीचको बिक्री वितरण सम्बन्धि विभिन्न स्कीमहरूको पनि व्यवस्था गरेको छ । कम्पनीले व्यवसायीलाई लक्षित गरेर तयार पारेको स्कीममा रु २ लाख को स्वीच बिक्री वितरण गर्ने व्यवसायीलाई २४ इन्चको टेक्नो कलर एलईडी टी.भी, ६ लाख को बिक्री गर्नेलाई १ जनालाई थाइल्याण्ड भ्रमण र १० लाख को स्वीच बिक्री गर्ने २ जना लाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उक्त स्वीचको उद्घाटन नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र माधव नारायण मानन्धरबाट संयुक्त रुपमा उद्घाटन भएको थियो । धुलिखेलको लगेज रिसोर्टमा उद्घाटन भएको उक्त कार्यक्रममा नेपालका विभिन्न जिल्लाहरूबाट समेत विद्युतीय व्यवसायीहरू उपस्थित रहेका थिए ।

प्रतिक्रिया