भर्खरै

विराटनगरका ३२ घरमा पाइपबाट वायोग्याँस आपूर्ति

  • प्रकाशित मिति : Wed-22-Aug-2018
  • - Admin
title

विराटनगर,भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक वायोग्यासबाट पाइपलाइन मार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा गाईको गोबर संकलन गरी स्थापना गरिएको २०० घनमिटर क्षमताको वायोग्यास प्लान्टको उद्घाटन भएको हो । 
प्रधानमन्त्री ओलीले अघिल्लो पटकको कार्यकालमा गरेको प्रतिबद्धता पुरा गर्दै पाइपलाइनबाट हाल नजिकका ३२ घर लाभान्वित रहेको बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको बताए । उनले भने “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । त्यसैले यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो । वायोग्याँसबाट उत्पादित ग्यास एलपिजी भन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । “अब पनि समस्या छ भनेर बस्ने अवस्था छैन, समस्यालाई सम्पत्तिका रुपमा उपयोग गरी आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिने, प्रधानमन्त्री ओलीको भनाई रहेको छ । उनका अनुसार हाम्रो देशमा पाइने प्राकृतिक स्रोतहरूकै प्रयोग गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने बताउँदै उनले बढ्दो वैदेशिक व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने भन्दै यस्ता क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खाना पकाउने ग्यासको आयात गर्न वर्षमा रु ३८ अर्ब, सवारीसाधन चलाउन डिजेल–पेटो«ल रु दुई खर्ब र विद्युत् आयात रु १८ अर्बको गर्नुपरेको तथा यसले रु ११ खर्बको व्यापार घाटा बढाएको तथ्याङ्ग प्रस्तुत गर्दै यसलाई कम गर्नका लागि ऊर्जामा आत्मनिर्भर बन्न यस्ता परियोजना निकै उपयोगी हुने धारणा व्यक्त गरेका थिए । मन्त्री पुनका अनुसार वर्तमान सरकारले आगामी तीन वर्षमा ऊर्जाको न्यूनतम आपूर्ति र पाँच वर्षमा चाहेजति ऊर्जाको प्रयोग गर्न सकिने गरी आयोजना निर्माणमा जोड दिएको छ । उनले भने ३० नगरपालिकामा जैविक फोहर उपयोग गरी ठूला क्षमताका वायोग्यास प्लाण्ट जडानको काम भइरहेको र ३०० मझौला खालका प्लाण्ट जडान गर्न लागिएको जानकारी दिँदै विस्तारै मुलुक ऊर्जामा आत्मनिर्भर हुँदै जाने विश्वास व्यक्त गरेका थिए । त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कावा कार्यकारी निर्देशक नवराज ढकालले ठूला क्षमताका वायोग्यास प्लाण्टबाट आयातीत इन्धन र रासायनिक मल प्रतिस्थापन गर्न सकिने उदाहरण यस खालका परियोजनाबाट पुष्टि भएको बताउँदै नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तारले समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा गर्न सकिने धारणा राखेका थिए । 
उक्त वायोग्याँस प्लान्ट कूल रु १ करोड ५० लाखको लागतमा विश्व बैंक तथा ऊर्जा प्रवद्र्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी रहेको छ । नेपाल इनर्जी विकास कम्पनी प्रालिले निर्माण गरेको सो प्लाण्टबाट केही दिन अगाडि नै उपभोक्ताले परीक्षणका रुपमा ग्यास प्रयोग गर्न थालेका थिए । छिट्टै सो प्लान्टबाट सय घरधुरीमा पाइपलाइन विस्तार गरिने जनाइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago