पेट्रोलियम पदार्थको मूल्यवृद्धि  

  • प्रकाशित मिति : Thu-06-Sep-2018
  • - Admin
title

काठमाडौँ,  भदौ  । नेपाल आयल निगमले बुधबार राति १२ बजे बाट पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमका अनुसार पेट्रोलमा रु.१, डिजेल र मट्टितेलमा रु.३ तथा ग्यासमा रु.२५ रुपैयाँ वृद्धि भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । पछिल्लो नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रि वितरण हुनेछ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमको संचालक समितिको बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
 

प्रतिक्रिया