भर्खरै

लुम्बिनीमा विद्युतीय बस सञ्चालन हुदै

  • प्रकाशित मिति : Wed-12-Sep-2018
  • - Admin
title

 भैरहवा, भदौं ।  विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको बढदो प्रदूषण घटाउन विद्युतीय सवारी साधन प्रयोग हुने भएका हुने भएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी जाने पर्यटकका लागि विद्युतीय सवारी साधन  प्रयोगमा ल्याउने भएको हो । एक महिना अघि चिनियाँ कम्पनीले दुईवटा विद्युतीय बस भैरहवा भन्सार कार्यालयमा ल्याइर्पुयाएको छ । बाँकी आउने क्रममा छन् । एसियाली विकास बैंक (एडीबी) को करिब ३० करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने ५ वटा ठूला बस, ११ जिपरभ्यान सञ्चालन गरिने भएको हो । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा हुनासाथ पर्यटकका लागि प्रदूषणरहित विद्युतीय बस र भ्यान सञ्चालनको व्यवस्था गरिएको छ । एयरकन्डिसन, वाइफाई लगायत सुविधा सम्पन्न विद्युतीय सवारी साधन प्रयमेगमा आउने भएको छ । 
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आउने स्वदेशी तथा विदेशी पाहुनाको लुम्बिनी भ्रमणका लागि यस्ता सवारीका साधन उपयोग गर्ने लुम्बिनी विकास कोषले जनाएको छ । कोषका योजना प्रमुख तथा कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले लुम्बिनीलाई मुख्य स्टेसन मानेर आगामी फेब्रुअरी र मार्चबाट विद्युतीय सवारीका साधन सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेको बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago