भर्खरै

जाजरकोट केन्द्रीय विद्युत् प्रसारणमा जाँदै

  • प्रकाशित मिति : Sat-22-Sep-2018
  • - Admin
title

जाजरकोट,  असोज ।  यस आर्थिक वर्षमा नै जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने भएको छ । जिल्ला सदरमुकाममा मात्र अहिले केन्द्रीय प्रसारणको विद्युत् आपूर्ति हुँदै आएकोमा यो आर्थिक वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण जाजरकोटका महेन्द्रबहादुर सिंहले जानकारी दिए । 

अहिले जाजरकोटको भेरी नगरपालिका–१३ कुदुसम्म ३३ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको छ भने जाजरकोट सदरमुकाम खलङ्गामा ११ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको सिंहले जानकारी दिए । जाजरकोट सदरमुकामदेखि बाहिर रहेका स्थानीय तहमा विद्युतीकरणका लागि टेण्डर भइसके लगत्तै काम शुरु हुने सिंहको भनाई छ । भेरी करिडोर र मध्यपहाडी लोकमार्गका सबै गाउँमा विद्युत् सेवा छिटो पु¥याउनका लागि काम शुरु भएको सांसद गणेशप्रसाद सिंहले बताए । 
जाजरकोट वितरण केन्द्रमार्फत शिवालय गाउँपालिकाको छेडाचौर हुँदै मोर्कबजार, बालुवा, खारा, मनघाट थलह, सानाखोला बागमारेसम्म पश्चिम जाजरकोट, पूूर्वको नलगाड नगरपालिका, भेरी नगरपालिका, पश्चिमको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा यसै वर्ष विद्युतीकरण गरिने छ । त्यस्तै खलङ्गा, पाँचकाटिया, ढिमे, चोकमा र नलगाड नगरपालिकाको कालीमटी हुँदै बारेकोट गाउँपालिकाको सक्ला लिम्सामा समेत यसै वर्ष विद्युतीकरण हुने छ । त्यस्तै पूर्वको भेरी नगरपालिकाको खलङ्गा, रिम्ना, नलगाड नगरपालिकाको कालीमटी हुँदै चौखा भगवती हुँदै डोल्पासम्म विद्युतीकरणको काम शुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत भेरी नगरपालिकाको कुदु, हुँदै जगतीपुर, स्याउलीबजार, पोखरा, कार्कीगाउँ, झार्पा दशेरा, सुयाडासम्म विद्युतीकरणका लागि पलामका आधा भागसम्म पोल गाडिसकेकाले तार तान्ने काम शुरु गर्ने तयारीमा रहेको सांसद सिंहले जानकारी दिए । 

सबैमा पहुँचमा विद्युत् सेवा विस्तार गर्नका लागि मन्त्रालयको पुरै ध्यान केन्द्रित भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए। त्यस्तै डोल्पाको मुट्केचुला गाउँपालिका, जगदुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगपालिका विद्युतीकरण गर्नका लागि बजेट विनियोजन भएकाले यसै वर्ष काम शुरु हुने सांसद सत्य पहाडीले बताए । यही आर्थिक वर्षमा केन्द्रीय लाइन डोल्पा लिनका लागि भेरी करिडोर सडकखण्डभित्र काम भएका सडकभित्रका ठाउँमा र आसपासका क्षेत्रमा केन्द्रीय लाइन विस्तार हुने पहाडीको भनाइ छ दशैँभित्र डोल्पाको दुनैमा राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेना जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिए। सडक पुगेलगत्तै डोल्पामा केन्द्रीय लाइन विस्तार गर्न थप सजिलो हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago