भर्खरै

श्रमिकको  सम्मान गर्न  सरकार प्रतिबद्ध छ ः मन्त्रि विष्ट 

  • प्रकाशित मिति : Sun-30-Sep-2018
  • - रुपा तुलाधर
title

काठमाण्डौ, असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले सबै श्रमिकको  सम्मान गर्न  सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   
शनिबार बालाजु स्कुल अफ इन्जिनियरीङ्ग  
एण्ड  टेक्निकल कलेजमा  सम्पन्न भएको  नेपाल इलेक्ट्रिसियन संघको नवौं वार्षिक साधारण कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  इलेक्ट्रिसियनहरुले पाउनु पर्ने सेवा सुविधा प्राप्त गरेको छैन भने सेवा सुविधा प्रदान गर्न सरकार कटिबद्ध रहेको कार्यक्रममा मन्त्रि विष्टले बताए ।  उनले भने “विद्युतीय क्षेत्र आफैमा जोखिकपूर्ण क्षेत्र हो । इलेक्ट्रिसियनले यस्तो जोखिमपूर्ण क्षेत्रमा जसरी काम गर्दै आएको छ त्यो सम्माननीय रहेको छ ।” देश विकासको प्रारम्भिक चरणमा रहेको अहिलेको अवस्थामा धेरै क्षेत्रमा आधुनिक ढंगले विकास गर्दै लैजानु पर्ने औल्याउँदै प्राविधिक क्षेत्रमा तीव्र विकासको आवश्यकता रहनुका साथै समय सापेक्षा प्रविधिक क्षेत्रलाई परिमार्जन गर्नु पर्ने उनले बताए । मन्त्रि विष्टले काम गर्नेलाई सम्मान गर्ने वातावरण नभएको प्रति दुखेसो व्यक्त गर्दै काम गरे अनुसार सेवा सुविधा तथा ज्याला निर्धारण हुनु पर्ने बताए । इलेक्ट्रिसियन पेशाकर्मीहरुलाई सामुहिक बनाएर अघि बढेमा मात्र नयाँ नेपालको निर्माणमा सहयोग हुने उनको भनाई छ । उनले इलेक्ट्रिसियन पेशाकर्मीहरुले विद्युतीय सामग्रीहरुको गुणस्तरलाई ध्यान दिई काम गर्नुपर्ने बताउँदै इलेक्ट्रिसियनहरुको ज्याला दर कायम गर्न सरकार लागि पर्ने बताए । 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago