इलेक्ट्रिसियन कन्ट्रयाक्टर हुनु पर्दछ : अध्यक्ष तामाङ
- प्रकाशित मिति : Mon-01-Oct-2018
- - Admin

प्रदिप श्रेष्ठ
काठमाण्डौ, असोज । नेपाल विद्युत निर्माण व्यवसायी संघ का अध्यक्ष एल.आर तामाङले इलेक्ट्रिसियनहरु पनि कन्ट्रयाक्टर हुनु पर्ने बताएका छन् । शनिबार सम्पन्न नेपाल इलेक्ट्रिसियन संघको नवौं वार्षिक साधारण सभा कार्यक्रममा इलेक्ट्रिसियनहरु बिजुली व्यवसायीले लगाएका काम मात्र गर्ने नभई विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियन आफै कन्ट्रयाक्टर हुनु पर्ने बताएका छन् ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने “ इलेक्ट्रिक कन्ट्रयाक्टर को हो भन्ने थाहा नभएको अवस्थामा प्रत्येक इलेक्ट्रिसियनले आ–आफ्नो फर्म खोल्नु पर्छ र देशको सच्चा ठेकेदार बन्नु पर्छ ।” नेपालमा अहिले कन्ट्रयाक्टर हुनका लागि एक्स्काभेटर, डोजर, भाइभ्रेटर, सिभिल इन्जिनियर हुनु पर्ने अवस्था छ । इलेक्ट्रिसियनहरु सँग त्यसो नहुँदा दक्ष इलेक्ट्रिसियन पनि पछि पर्नु पर्ने बाध्यता छ । यसका लागि संघले पहल गर्नु आजको आवश्यकता रहेको उनले बताए ।
उनले नेपालमा विद्युत निर्माण व्यवसायी ऐन विना नै विद्युतीय क्षेत्रमा काम हँुदै आएको प्रति व्यङ्ग्य गर्दै भने “संसारमा विद्युत निर्माण व्यवसायी ऐन छ । तर नेपालमा अहिले सम्म विद्युत निर्माण व्यवसायी ऐन निर्माण हुन सकेको छैन । जब सम्म विद्युत निर्माण ऐन ल्याउन सक्दैन तब सम्म विद्युतीय क्षेत्रको प्रवद्र्धन हुन सक्दैन ।”