भर्खरै

सत्र वर्षपछि बजार अनुगमन

  • प्रकाशित मिति : Tue-02-Oct-2018
  • - Admin
title

परासी, १६ असोज । पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । 

रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए । 

संयुक्त बजार अनुगमन समितिले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य पदार्थ फेला पारी त्यसलाई जफत  गरिएको छ । दर्ता बिनानै केहि पसल सञ्चालनमा रहेको देखिएकाले त्यसलाई पहिलो पटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको बताइएको छ । 

बजार अनुगमन निरीक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले किराना तथा कोल्ड ड्रिङक्स् पाँचवटा, रेष्टुरेन्ट तथा मिष्ठान भण्डार तीन, मासु र टेलरिङ पसल एक÷एक वटामा अनुगमन गरिएको जानकारी दिनुभयो । 

अनुगमनका क्रममा म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको ९० लिटर कोल्ड ड्रिङक्स् र रेडबुल चारबट्टा जफत गरी तत्कालै नष्ट गरिएको छ, भने लेभल नभएका छोकडा २० केजी, नरिवल साढे १२ केजी, टिमुर पाँच केजी, समोसा पाउरोटी पाँच प्याकेट, किसमिस दुई सय ग्राम तथा अखाद्य भारतीय चक्र र जय भारत ब्राण्डको तेल आठ लिटर, जुस फ्रुट एक लिटर, चनाको बेसन १ केजी, नमकिन २ केजी पनि जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago