भर्खरै

सिङ्गटी जलविद्युत् आयोजनाको ‘बे्रक थु्र’

  • प्रकाशित मिति : Sun-07-Oct-2018
  • - Admin
title

जिरी,  असोज । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । 

पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । 
 
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए। 

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पु¥याएको छ । शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । 

सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ । 

विद्युत्गृहमा १२।५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले रु तीन अर्ब ३० करोड ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पु¥याइएको होे । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago