भर्खरै

चाड पर्वले छोएन व्यवसायीलाई, विद्युतीय सामग्रीको व्यापार घढ्दो, व्यवसायीहरु चिन्तित 

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

 रुपा तुलाधर
 काठमाण्डौ, असोज ।  विद्युतीय सामग्रीको  व्यापार हुने दशै तिहार जस्तो महत्वपूर्ण पर्व नजिकिदै गर्दा व्यवसायीहरु भने चिन्तामा परेका छन् ।

गत वर्ष जस्तो विद्युतीय सामग्रीहरुको व्यापार नहुँदा व्यवसायीहरु चिन्तामा परेका हुन् । उपभोक्ताहरुले भने जस्तो सामग्रीहरु आयात गर्न नसक्दा, हरेक सामग्रीको करमा वृद्धि हुँदा विद्युतीय सामग्रीहरुको बिक्रि वितरणमा समस्या परेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले गत वर्षको तुलनामा यस वर्ष विद्युतीय सामग्रीहरुको व्यापार घटेको बताए ।

उनका अनुसार विगतका वर्षहरुमा उत्पादन गृह देखि खुद्रा व्यापार, आयातित सामग्रीहरु गरी वार्षिक करिव ५०, ६० अर्व रुपैयाँ बराबर व्यापार हुने भएको भए पनि यस वर्ष त्यस्तो व्यापार नहुने देखिएको बताए । उनले भने अहिले बैंकले दिने कर्जाको व्याज दरमा वृद्धि भएका कारण गत वर्ष जस्तो घर तथा भवनहरु निर्माण नहुनु, हरेक वस्तुहरुमा आर्थिक महंगि हुनु, करमा वृद्धि हुनु तथा विद्युतीय सामग्रीहरुको भन्सार दरमा वृद्धि हुनुका कारण विद्युतीय सामग्रीहरुको व्यापार घटेकोे बताए ।  अन्या विद्युतीय सामग्रीहरुको विक्रि वितरण  नभए पनि दशैँ तिहारको समयमा लाइटिङ तथा फिनिसिङका सामग्रीहरु व्यापार हुने आश  व्यवसायीहरुले गरेको भए पनि घर तथा भवनहरु निर्माण नहुदा यस वर्ष व्यवसाय घटेको उनको भनाई रहेको छ । 

संघीय प्रणालीमा गएपछि व्यापार भएन
 देश संघीय प्रणालीमा गइसकेको अहिलेको अवस्था आम जनताले सरकार सँग विकासको ठूलै अपेक्षा गरेको भए पनि जनताले अपेक्ष गरे अनुरुप प्रतिफल प्राप्त गर्न सकेको छैन ।

संघीय प्रणाली लागु भए पछि जनताले सहजै सुविधा पाउनु भन्दा पनि विभिन्न वस्तुमा भएको मूल्य वृद्धिले जनताले सास्ति पाएका छन् ।  सरकारले कर वृद्धि गर्दै गएकाले व्यवसाय खस्किदै गएको व्यवसायीहरुको आरोप रहेको छ । सरकार  स्थानीय तह सम्म आएको भए पनि विकास निर्माणका कार्यले तीव्रता नपाउँदा व्यवसाय घट्दै गएको विद्युत व्यवसायी संघ, चितवनका अध्यक्ष शशिधर जैसी लामिछानेले बताए । उनका अनुसार  घर तथा भवनहरु निर्माण नहुनु, करमा वृद्धि हुनुले व्यापार घट्दै गएको बताए । उनले भने “चाड पर्व नजिकिए पनि अहिले विद्युतीय सामग्रीको व्यवसायमा मात्र नभई समग्र व्यवसायमा कमि आएको छ ।”  

त्यस्तै तनहुँ विद्युत व्यवसायी संघका अध्यक्ष सन्तमान श्रेष्ठका अनुसार स्थानीय सरकार आए पछि करमा वृद्धि हुनुका साथै महंगि पनि बढ्दै गएका कारण उपभोक्ताहरुमा निरासा छाएको बताए । उनले भने “चाड पर्व नजिकिए पनि उपभोक्ताहरुले नै सामग्रीहरु खरिद गर्न नचाहँदा गत वर्षको भन्दा यो वर्ष व्यापारमा गिरावट आएको हो ।” 

बन्दले व्यवसाय प्रभावित

समय समयमा विभिन्न कारणले हुँदै आएको बन्दले व्यवसायमा प्रभावित पारेको छ । बन्दका कारण साग्रीहरुको ढुवानीमा समस्या हुँदा व्यवसाय प्रभावित भएको हो । 
 विभिन्न किसिमले हुँदै आएको बन्द हड्तालका कारण उपभोक्ताले भने जस्तो विद्युतीय सामग्रीहरुको आयातमा समस्या भएकाले रुपन्देही मा व्यवसाय प्रभावित भएको रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल का अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । चाड पर्व नजिकिए पनि गत वर्षको जस्तो चहलपहल नदेखिएको उनको भनाई रहेको छ ।  उनले गुणस्तर युक्त सामग्री विक्रि वितरणका लागि संघले पहल गर्दै आएको पनि जानकारी दिए ।  

प्रतिक्रिया