भर्खरै

नेपालमा वायु उर्जाको सम्भावना र चुनौती

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

साना वायू उर्जा प्रणाली नेपालमा वायू –उर्जाको विकास र विस्तारको शुरुवात कागबेनिको असफल विगत इतिहास सँग जोडिन्छ । वर्तमान समयमा साना पाईलट प्रोजेक्टहरु केहिमात्रामा सञ्चालन  गरिएपनि त्यसको प्रभावकारी रुपमा विस्तार हुन सकेको छैन ।
यद्यपि नेपालका केही भुभागहरु वायू –उर्जा उत्पादनका हिसावले अत्यन्त उपयुक्त भएको अनुमान (SWERA) स्वेरा तथा अन्य अध्ययनहरुले देखाएको छ । उर्जा संकटभित्रको राजनीति सँग वायु उर्जाको द्रुरतर विकास नहुनु नौलो कुरा भएन । प्राक्टिकल एक्सन नेपालले साना वायु उर्जा पाईलट प्रोजेक्टहरुको विकासमा खेलेको भुमिकालाई सकारात्मक रुपमा लिन सकिन्छ । सरकारी निकायको रुपमा देशभर वैकल्पिक उर्जा प्रवद्र्धृन गर्ने जिम्मेवारी पाएको संस्था वैकल्पिक उर्जा प्रवद्र्धृन केन्द्रद्वारा पनि वायू उर्जाको विकास र विस्तारमा सहयोग पुगोस् भन्ने उद्धेश्यकासाथ स–साना आयोजना पाइलटिङ्ग गर्ने, नीति तथा कार्यक्रमको तर्जुमा तथा सरोकारवालाहरु सँग समन्वयन भईरहेको देखिन्छ । 

हावा बिजुलीको नामबाट प्रचार प्रसारमा रहेको वायु उर्जाको विकास गर्न महत्वकांक्षी योजना तयार पारिदै गर्दाका जनअपेक्षाहरु हावादारी गफमा रुपान्तरित हुन थालेका हुन कि भन्ने आशंका व्यापक छ । बिगत केहिबर्ष देखि साना बायु उर्जा पाईलट प्रोजेक्टहरुमा प्रत्यक्ष संलग्न हुँदा र ग्रामीण विकास अध्ययनको अनुभवले पनि वायु उर्जा विकासको प्रचुर सम्भावना र चुनौतीहरुबारे केहि जिज्ञाशा उत्पन्न       गरायो । सम्भावनाका ढोकाहरु प्राविधिक तथा प्रविधिहरु ले मात्र खुल्ने होईनन जसको लागी सामाजिक सशक्तिकरण, जनचेतना, समयोचित नीति र प्रभावकारी कार्यान्वयनको खाँचो पर्दछ । त्यसो त प्राविधिक पक्षको विरोध भन्दा पनि सामाजिक पक्षलाई समेत ध्यान दिनु आवश्यक छ मात्र भन्न खोजिएको हो । 
अनुदान केन्द्रित भन्दा माग केन्द्रित परियोजनाहरुको विकास तर्फ केन्द्रित हुनुपर्छ भन्दै तर्क गर्ने हाम्रा उर्जाविदहरुको भनाई केहिहदसम्म जायज लागेपनि वायु उर्जाको सन्र्दभमा अलि मेल नखाने देखिन्छ । अन्य नवीकरणीय उर्जाका स्रोत तथा प्रविधिहरुबारे हाम्रो नीति तथा कार्यक्रमहरु जति प्रष्ट छन, जनमानसको चेतनास्तर पनि उच्च रहेको छ । वायु उर्जा बारे कुरा गर्दा पत्याउन गाह्रो पर्ने र पत्याईहाले पनि आर्थिक अवस्था कमजोर भएकाहरुले अनुदानविना जडान गर्न नसक्ने हुँदा नेपालका ती बतासे डाँडाहरु जँहा प्राय गरिब बस्तीहरु मात्र भेटिन्छन त्यहाँ अनुदानको साथसाथै सामाजिक सशक्तिकरण तथा चेतनामुलक कार्यक्रमहरु समेत प्रवाह गरिनुपर्दछ । सिन्धुपाल्चोक, २०६६ भाद्र केहि अनुभव स्थानीयस्तरमा वायु उर्जा विकासको कार्यक्रमको रुपमा भन्दा राजनीतिको रुपमा बढि परिभाषित हुनु र हुनेखानेहरुको प्रतिष्ठाको विषय सँगै सामाजिक परिचालनमा पर्ने असरले गर्दा कहिलेकाँहि हावाका कोरिडोर सँगै रहेका हुँदा खानेहरुका बस्ती समेत छाडनुपर्ने  हाम्रो सामाजिक अवस्थाले पनि वायु उर्जाको विकास बहशको बिषय बन्न सक्ला ।

 किर्तिपुर लगायत काठमाडौंका केहि भुभागहरुमा होस वा अन्य शहरी भुभागहरु वायु उर्जाको सम्भावनाबारे कुर्लिरहेका छन हाम्रा विज्ञहरु । विना जोड घटाउ नेताका बक्तब्यबाजी जस्तो टालटुले कुराले वायु उर्जा सम्भव छैन र देखिदैन पनि । विगत एक उदाहरण प्यूठान जिल्लाको बड्डाँडाबाट पाँच किलोमिटर पूर्वमा अवस्थित हंशपुर गा.वि.स. मा बिगत वर्षहरुमा वैकल्पिक उर्जा प्रवद्र्धृन केन्दको सहयोगमा साना चारवटा वायू –सौर्य सयुक्त प्रणालीहरु स्थापित भएका थिए । जसबाट लगभग ३० घरधुरी , एक मस्जिद र एक विद्यालय समेत लाभान्वित थिए ।  उत्पादन भएको विद्युतबाट प्रत्यक्ष रुपमा लाभान्वित जनताहरु संगठित भएर समुदायमा रात्री प्रौढ कक्षा सञ्चालन गर्नु, समय समयमा आमा समुहको बैठक बस्नु आदि सामाजिक सकारात्मक पक्ष वायू –सौर्य सयुक्त प्रणालीले ल्याएका शुरुवात थिए । स्थानीय जनताले जडान कार्यमा लगाएको त्यो जनश्रमको अहिले पनि  तारिफ गर्न मन लाग्छ । समयसँगै अहिले परिस्थिति फेरिएको छ । त्यँहा अहिले मात्र फ्यानहरु घुमिरहेको छ तर कमजोर नीति तथा व्यबस्थापनका कारण वायु उर्जा प्रति स्थानीयस्तरमा वितृष्णा पैदा भईरहेको छ । असफल वायु उर्जा प्रविधि भन्दै स्थानीय जनताहरु अहिले सम्भावनाका कुरा समेत सुन्न चाहदैनन । लाखौं खर्च भएका ती साना परियोजनाहरुमा सानो मर्मत सम्भार गर्ने हो भने पुन सञ्चालनमा आउन सक्छन । 

स्थानीयवासी सहयोगको अपेक्षा राख्दछन जुन स्वभाबिक छ, कम्पनी आफ्नो प्राविधिक तथा सामानको मूल्य स्थानीयको गरिबीले दिन सक्दैन भन्दै भागिरहेको छ । वैकल्पिक उर्जा प्रवद्र्धृन केन्द्र समेत आफ्नो   जिम्मेवारीबाट टाढा रहेर दोष अरुहरुलाई मात्र थोपरिरहेको छ । नेपालका यी ठाउँहरुमा वायु उर्जाको सफल प्रयोग भईरहेको छ भन्छौं हामी रिपोर्टहरुमा, टेलिभिजन, रेडियो अनि दातृ निकायसँगको छलफलमा । तर कहिलेसम्म हामी भिमफेदि, हंशपुर र चिसापानीलाई ढाटिरहने । 
जहाँ सम्भावना छ त्यहा व्यवस्थापनलाई पनि ध्यान दिनु जरुरत छ भन्ने कुरा बुन सरोकारवाला सवैको ध्यान केन्द्रित रहनुपर्छ । अवलोकन, अनुसन्धान एवंम वायु उर्जा प्रविधिको विस्तारका लागि समेत ती ठाँउमा सञ्चालित प्रणालीले महत्वपूर्ण भुमिका खेल्न सक्दछन । आयोजनाको क्षमताका हिसावले थोरै   घरधुरीलाई मात्र विद्युत उपलब्ध गराउन सकिने अवस्था भएको भए तापनि आर्थिक श्रोतका कमिले गर्दा थप परियोजना सञ्चालन हुन नसकेको यथार्थ हो । सम्भावना हाल नीजिस्तरमा समेत केहि वायु उर्जा कम्पनी खोलिनु, सरकारीस्तरबाट समेत नीति तथा कार्यक्रमको तर्जुमा गरिनुले यस क्षेत्रको विकासमा केहि आशा भने जगाएको छ । देशका विभिन्न भुभागहरुमा भईरहेका वायु मापन कार्य होस वा नीजिस्तरमा भएका साना परियोजनाहरुको सफल परिक्षण सबैले आगामी सम्भावनाको संकेत गरिरहेकै छन । यति हुँदाहुदै पनि नीति निर्माणको तहमा यसको दिगो व्यवस्थापनबारे विशेष पहलको आवश्यकता देखिन्छ । अन्य उर्जा जस्तो वायु उर्जा विकास सहज छैन । यसको मापन त्यति सजिलो नभएकाले पनि कहिलेकाही प्रोजेक्ट फेल हुन सक्छ । 

बस्ती नभएको ठाउँमा वायु वेग राम्रो पाईनु अनि जँहा बस्ती त्यँहा एनोमोमिटरको रिडिङ्ग नगन्य भेटिनु कहिलेकाहिको रमाईलो पाटो बन्न सक्छ । विगतका केहि अनुभवले हाम्रा थुप्रै बतासे डाँडाहरुमा साना परियोजनाहरुको सम्भावना देखाएको छ । स्थापित परियोजनाका उपभोक्ता समितिहरुलाई आफ्नो भूमिका र दायित्वप्रति सचेत गराउदै अनुगमनको दायरालाई बढाउने हो भने भविष्यमा दिगो रुपमा उक्त वायू उर्जा प्रणालीको सञ्चालन तथा प्रवद्र्धृन गर्न खासै अप्ठेरो देखिदैन । दलित तथा कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुका लागि विद्युत प्रदान गर्नेगरी विशेष कार्यक्रमहरु ल्याउने हो भने उक्त परियोजनाहरुले प्रदर्शन परियोजनाका रुपमा समेत भूमिका खेल्न सक्छन । हाल भईरहेका परियोजनाहरु सफल तथा दिगो संचालन हुन सकेको खण्डमा मात्र यस्ता थुप्रै परियोजनाहरु स्थापना गर्न हौसला पुग्ने तथ्यलाई ध्यानमा राख्नुपर्दछ । 

कुनैपनि स्थानमा वायु उर्जाको जडान गर्नुभन्दा पहिले प्रविधिको प्राविधिक पक्ष तथा त्यसको स्तर निर्धारण गर्नुपर्छ जसले गुणस्तरमा सुधार ल्याउछ । प्रयोगात्मक अवस्थामा रहेको वायू उर्जा विकासका लागि शुरु अवस्थामा उच्च अनुदानको आवस्यकता पर्दछ जसले अपेक्षित लगानी तथा आर्कषण गर्न सक्दछ । वायू उर्जाको सम्भावना तथा बिधमान तथ्यलाई मध्यनजर गर्देै सरोकारवाला पक्ष सबैले वायु उर्जाको विकास गर्नका लागी विभिन्न नीति, योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न सके हावादारी गफ हावा विधुतिकरणमा रुपान्तरित हुन लामो समय नकुर्नुपर्ला ।   साभारः बिजुली खबर
 

प्रतिक्रिया