भर्खरै

विकासमा फड्को मार्न सक्नुपर्दछ–मन्त्री महासेठ

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

काठमाडौँ, २४ असोज  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाएको छ । 

यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महिनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताए । 

फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने उनको भनाई रहेको छ  । सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्न सक्नुपर्ने बताए। रासस
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago