एपल इलेक्ट्रिक ट्रेड लिङ्क प्रा.लि सञ्चालनमा
- प्रकाशित मिति : Thu-11-Oct-2018
- - Admin

रुपा तुलाधर,
काठमाण्डौ, असोज २५ । बुटवलका पाँच जना व्यवसायीहरुको सक्रियातामा बुटवलको सुख्खा नगरमा एपल इलेक्ट्रिक ट्रेड लिङ्क प्रा.लि सञ्चालन गरेका छन् । बुधबार प्रा.लि को उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो ।
गुणस्तयुक्त विद्युतीय सामग्रीहरुको विक्रि वितरण गर्ने मूख्य उद्धेश्यका साथ प्रा.लि सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश चन्द्र पाण्डेयले विद्युत संसार लाई बताए । उनका अनुसार प्रा.लि मार्फत युनाईटेड केबुल कम्पनीका तार, अर्किट कम्पनीका प्यानल लाइट, एसेसोरीज स्विच, एलईडी र पोलिम्याक्स ब्राण्डका मोडुलर स्विच, मेटल बक्स, एमसिवि जस्ता विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्ने बताए । अन्य विद्युतीय सामग्री भन्दा छुटै विशेषतायुक्त र गुणस्तरयुक्त सामग्रीहरुको बिक्रि वितरण गर्न प्रा.लि सञ्चालनमा ल्याएको उनको भनाई रहेको थियो । अर्किट ब्राण्डका विद्युतीय सामग्रीहरुलाई विशेष प्राथमिकता दिएको पनि उनले जानकारी दिए ।