भर्खरै

मन्त्री पुन सर्बिया प्रस्थान

  • प्रकाशित मिति : Thu-25-Oct-2018
  • - Admin
title

काठमाडौँ, ८ कात्तिक । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । 
मन्त्री पुन नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव दिनेश घिमिरे पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग समेत भेटवार्ता हुने बताइएको छ । 

सम्मेलनमा युरोप र एशियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  रासस
 

प्रतिक्रिया