भर्खरै

चौथो नवलपरासी औद्योगिक व्यापार मेला हुदै

  • प्रकाशित मिति : Thu-25-Oct-2018
  • - Admin
title

नवलपरासी, ८ कात्तिक । पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गते १० दिन सम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । 
उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुने भएको हो । 

मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करीब रु पाँँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष केशव भण्डारीले बताए । 

नवलपरासी, रुपन्देही सहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने सङ्घका महासचिव गिरिराज पाण्डले जानकारीदिए । धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको भेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको प्रदर्शनी गरिनेछ । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक कक्ष रहनेछन् । 

प्रतिक्रिया