करेन्ट लागेर एकको मृृत्यु दुई घाइते
- प्रकाशित मिति : Fri-26-Oct-2018
- - Admin

बर्दिवास, कात्तिक । महोत्तरी औरही नगरपालिकामा विद्युतीय करेन्ट लागेर विहिबार एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
घटनामा मृतक सहनीका पति सुरेश सहनी र चार वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् । घाइते सुरेशको जनकपुर अञ्चल अस्पताल र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।