भर्खरै

नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या : निर्देशक घिसिङ

  • प्रकाशित मिति : Sat-27-Oct-2018
  • - Admin
title

रुपा तुलाधर,
काठमाण्डौ, १० कत्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या रहेको बताएका छन् ।

नेपाल इन्जिनियर एशोसिएसनले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भौगोलिक विकटताका  कारण एउटा ट्रान्समिसन लाइन निर्माण गर्दा धेरै रुख विरुवा काट्नु पर्ने तथा धेरैको घर, गोठ समेतमा क्षति  पुग्ने हुदा ट्रान्समिसन लाईन निर्माण  गर्न गह्रो हुने गरेको बताएका हुन् ।  

उनले नेपालमा अहिले २ सय २० के.भि प्रशारण लाइन निर्माण गर्न सफल भएको बताउँदै अब केहि वर्ष भित्र नै ४ सय के.भि प्रारण लाइन निर्माण गर्ने पनि बताए । विगतमा देशभर भएको लोडसेडिङ्ग अन्त्यका लागि तल्लो निकाय देखि सूक्ष्म रुपमा गरिएको व्यवस्थापन, विद्युत आयातको मूख्य भूमिका रहेको बताए  ।
 उनले प्रत्येक वर्ष विद्युत उपभोग १५ देखि २० प्रतिशतका दरले बढ्दै गएका कारण विद्युत व्यवस्थापन कसरी गर्ने भन्ने विषय चुनौतिको विषय बन्दै गएको  उल्लेख गरे । उनले नेपालमा विद्युतको माग सन् २०३० सम्म ११ हजार मेगावाट, सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरेको बताए ।
 

सार्क राष्ट्रहरुले विद्युत क्षेत्रमा गरेको प्रगति तथा उनिहरुको विद्युत मागको विवरण उल्लेख गर्दै उनले चिनको तिब्बतमा हाल ७ सय मेगावाट सौर्य विद्युत उत्पादन गरेको र त्यहाँ सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको बताए । आगामि दिनमा नेपालबाट विद्युत निर्यात गर्नका लागि सार्क राष्ट्र बीच फ्रेम वर्क सम्झौता भएको, विमिस्टेक इनर्जी सम्झौता भएको, भारत, चीन, बंगलादेश संग विद्युत सम्झौता भएको उल्लेख गर्दै सन् २०४० सम्म नेपालले १ हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने जानकारी दिए ।
उनले अन्तराष्ट्रिय प्रशारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढाएको बताउँदै भारत र चीन बीच विद्युत आदानप्रदन गर्ने अवस्था आए नेपाल ट्रान्जिसन बन्न सक्ने हुदा नेपालको प्रशारण लाइन  प्रयोगबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताए ।

  त्यस्तै गर्मि समयमा भारतमा विद्युत बढी खपत हुने र जाडो समयमा नेपालमा बढी विद्युत खपत हुने हुदा नेपाल भारत बीच विद्युत बैंकिङ प्रणाली लागु गरी विद्युत आदान प्रदान गर्ने योजना रहेको पनि उनले बताए । प्रत्येक घर विद्युत उत्पादन गृह हो भन्ने मुल नाराका साथ स्मार्ट ग्रीडका लागि पहल गरिरहेको बताउँदै उनले विद्युतको दुईतर्फि सञ्चारका लागि देशभर ४० लाख स्मार्ट मिटरको आवश्यक रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago