विद्युत सर्ट हुँदा विद्यालयमा आगलागी
- प्रकाशित मिति : Sun-28-Oct-2018
- - Admin

परासी, १० कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ । गए राति विद्युत सर्ट भइ आगालागि भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको जानकारी दिए । आगालागि राति नै भएको भए पनि विहानमात्र थाहा भएको उनको भनाई रहेको थियो ।
आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको पाण्डेले बताए । आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् ।