भर्खरै

क्रसर उद्योगका साधनले स्वास्थ्य प्रतिकूल

  • प्रकाशित मिति : Mon-29-Oct-2018
  • - Admin
title

लमही, १२ कात्तिक ।  सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । 

दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ । 

क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताए । 

दिनहँु करीब ५/६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ । 

आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्ने लगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago