नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने
- प्रकाशित मिति : Mon-29-Oct-2018
- - Admin

काठमाडौँ, कात्तिक । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ ।
आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने दिनका रुपमा जानकारी दिइएके हो । यो कार्यक्रमलाई ११ दशमलब ११ नाम दिइएको छ ।
यसको शुरुवात् सन् २००९ मा अली बाबाले गरेको थियो । यसलाई त्यसबेला ब्ल्याक फ्राइडेको एशियाली स्वरुपमा आयोजना गरिएको थियो । त्यस दिन चार लाखले अनलाइनबाट सम्पर्क गरी एक लाखले सामान किन्ने आशा गरिएको दराजका प्रबन्ध निर्देशक राजीव अमात्यले जानकारी दिए । यस अवसरमा सामानमा ८० प्रतिशतसम्म सहुलियत दिइने उनले बताए ।