भर्खरै

हेटौंडाका २७ उद्योगमाथि कारर्वाही : ५ उद्योगले तिरे जरिवाना

  • प्रकाशित मिति : Tue-30-Oct-2018
  • - Admin
title

 हेटौंडा,कात्तिक । हेटौंडा औद्योगिक क्षेत्रमाaरहेको उद्धेश्य विपरीत सञ्चालन भएको उद्योग र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारर्वाही प्रक्रिया अघि बढाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने ५ वटा उद्योगलाई जरिवानासहितको कारर्वाही र वर्षौदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्द गर्नेसम्मको कारर्वाहीको अघि बढाएको हो ।
दर्ता समयमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इन्डष्ट्रिज, सुजल फुड प्रा.लि, बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ जरीवाना गरिएको कार्यालय प्रमुख नेपालभूषण वैद्यले जानकारी दिए ।
त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार जरिवाना गरिएको छ । कारर्वाहीमा परेका उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न समेत निर्देशन वैद्यले जानकारी दिए ।
यसैगरी कार्यालयले वर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न निर्देशन दिएको छ ।
उक्त समय सीमाभित्र उद्योग प्रतिष्ठानले काम नगरे सम्झौता रद्द हुने गरी कारर्वाही गरिने हेटौंडा कार्यालयका प्रमुख वैद्यले बताए । अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago