भर्खरै

पटाका तथा बिजुलीका सामान बरामद

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title


लहान, १४ कात्तिक  ।  प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रु डेढ लाख मूल्य बराबरको बिजुलीका सामान बरामद गरेको छ ।  रासस
 

प्रतिक्रिया