भर्खरै

नगरपालिकाले ल्यायो  जनताको गुनासो सुन्न मोबाइल एप्स

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

दमौली,  कात्तिक । जनताको गुनासो सुन्नका लागि  तनहुँको भानु नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । जनताले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । 
नगरपालिकाका प्रमुख उदयराज गौलीका अनुसार नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएकोे बताए । 
प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि आफ्नै एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । सबैका हातमा मोबाइल फोन रहेको अहिलेको अबस्थामा  मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन एप्स बनाएको नगर प्रमुख गौलीले जानकारी दिए । उनले नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुने बताए ।  
सूचना प्रविधि अधिकृत अजन्ता ढकालका अनुसार मोवाइल एप्समा नगरपालिकाको परिचय, नगरपालिकाकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर समावेश गरिएकोे बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago