भर्खरै

डेढ वर्ष देखि सिसी क्यामेरा  बिग्रिएर अलपत्र

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

दाङ, कात्तिक । दाङको तुलसीपुर बजार स्थित शान्ति सुरक्षाका लागि जडान भएका सिसी क्यामेरा डेढ वर्ष देखि बिग्रिएर अलपत्र रहेका छन् । सिसी क्यामेरा बिग्रिएर काम गर्न छोडेको यति लामो समय बितिसक्दा पनि मर्मत सम्भारमा सरोकारवाला निकायहरु न प्रहरीले चासो दिएको छ, नत तुलसीपुर उपमहानगरपालिका कसैको पनि ध्यान पुग्न सकेको छैन । 
क्यामेरा जडान गरिएको क्षेत्र मुख्य बजार क्षेत्र रहेकोले मानिसहरुको भीडभाड हुने तथा हाट बजार लाग्ने ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर गरी सिसी क्यामेरा जडान गरिएको थियो ।  तुलसीपुरको वीरेन्द्रचोक, बिपी चोक र बसपार्क क्षेत्रलाई लक्षित जडान गरिएका क्यामेरा कन्ट्रोल रुम भने इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको छ । 
तुलसीपुर उद्योग वाणिज्य सङ्घ र साविकको तुलसीपुर नगरपालिकाको पहलमा वि.स २०७१ सालमा करीब रु चार लाखको आर्थिक सहयोगले ती क्यामेरा जडान गरिएको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । प्रहरी नायब उपरीक्षक सापकोटाले बिग्रिएका क्यामेरा मर्मत गर्न अरु स्थानमा थप क्यामेरा जडान गर्न तुलसीपुर उपमहानगरपालिका लाई अनुरोध गरिसकेको छ,उनले भने नगरपालिकाले बजेट व्यवस्थापन गरिदिए छिट्टै सञ्चालन हुने उनको भनाई छ ।
 

प्रतिक्रिया