भर्खरै

 १६ लाखको रिचार्ड कार्ड चोरी गर्ने पक्राउ

  • प्रकाशित मिति : Thu-01-Nov-2018
  • - Admin
title

दाङ, १५ कात्तिक ।  जिल्ला प्रहरी कार्यालय दाङले लाखौँ मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ । 

प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग रु ५० का रिचार्ड कार्ड १५ हजार २००, रु १०० का २१ हजार रु ५०० का ७२० गरी जम्मा ३६ हजार ९२० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । 

उक्त रिचार्ड कार्डको मूल्य रु १६ लाख १० हजार रहेको उहाँले बताउनुभयो । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका–२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका–७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ । घोराहीका एक व्यवसायीले गत असोज २३ गते १७ लाख मूल्य बराबरको कार्ड चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराउनुभएको थियो । निजलाई रोल्पा र प्यूठान प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago