ग्यास बाल्ने क्रममा भयो भक्तपुरमा आगलागी , ३ जना घाइते

  • प्रकाशित मिति : Sun-04-Nov-2018
  • - Admin
title


भक्तपुर – मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ । ताजा खबर

प्रतिक्रिया