भर्खरै

आगलागीबाट एकको मृत्यु

  • प्रकाशित मिति : Mon-05-Nov-2018
  • - Admin
title

मेलम्ची, कात्तिक  ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । 

जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए । 

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ । रासस 

प्रतिक्रिया