भर्खरै

अपर तामाकोशीको सेयरको लागि ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन

  • प्रकाशित मिति : Mon-05-Nov-2018
  • - Admin
title

काठमाडौं, कात्तिक १९ । दोलखा जिल्लामा निर्माणाधिन ४ सय ५६ मेगावाट माथिल्लो तामाकोशी हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा  ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन परेको छ । तामाकोशीको हाइड्रोपावरको सेयरमा १५ गते देखि आज सोमबार साढे ४ बजेसम्ममा  ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन परेको हो ।

हाईड्रोपावर कम्पनीले तोकिएको अवधिमा माग गरेभन्दा कम आवेदन परे आवेदन दिने मिति बढाइने कम्पनीले जनाएको थियो ।  तर सोमबार बैंकिङ समयपश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द भएको छ ।

तामाकोशीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार सोमबार साँझ साढे ४ बजेसम्ममा ३ लाख १३ हजार ८ सय ९० जनाले आवेदन दिएका हुन् ।

कार्कीका अनुसार हालसम्म ६ करोड ५ लाख ४८ हजार कित्ता अर्थात् ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन परेको हो । बैंकिङ सयमभित्र आवेदनको म्याद तोकिएपनि बैंकहरुले इन्ट्री गरिरहेको हुँदा यो संख्या अझै बढ्नेछ । सो संख्या मंगलबारमात्र जानकारी हुने जनाइएको छ ।

माथिल्लो तामाकोशीले बिहीबार (कात्तिक १५ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ खुला गरेको थियो ।

तामाकोशीको सेयरको सह–निश्काष्न तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ को आईपीओ निश्काष्न गरी बाँडफाँट सम्पन्न गरिसकेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago