भर्खरै

‘उपत्यकामा मोनोरेल नै उपयुक्त’

  • प्रकाशित मिति : Tue-06-Nov-2018
  • - Admin
title

काठमाडौँ, कात्तिक ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको जानकारी गराए । सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने पनि उनले बताए । “निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।” उनले भने ।
सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि केन्द्र सरकासँग समन्वय भइरहेको उहाँले जानकारी दिएका छन् । कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको प्रक्रियामा ल्याइने उनले बताए ।रासस

प्रतिक्रिया