इलेक्ट्रिसियनद्धारा झिलिमिली बत्ती जडान संघको आग्रह 

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

बत्तीहरुको पर्वका रुपमा मनाइने तिहारमा हरेक घर तथा भवनहरुमा झिलिमिली बत्तीहरु जडान गर्ने गरिन्छ ।  यसरी सजावटका लागि झिलिमिली बत्ती जडान गर्दा उपभोक्ताहरु सचेत रहन आवश्यक छ । किनकी विगतका वर्षहरुमा तिहार पर्वमा यस्ता बत्तीहरु जडान गर्ने क्रममा विद्युतीय दुर्घटनाहरु भइरहेको छ । 
   नेपाल इलेक्ट्रिसियन संघ,काठमाडौंका अध्यक्ष भीमलाल श्रेष्ठले तिहार जस्तो पर्वमा दक्ष इलेक्ट्रिसिनबाट झिलिमिली बत्ती जडान गराउन उपभोक्तालाई आग्रह गरेका छन् । उनले उपभोक्ता आफँैले जडान गर्दा असुरक्षित हँुदा विद्युतीय दुर्घटना हुने सम्भावना बढ्ने हुनाले उपभोक्ता सुरक्षित हुनका लागि दक्ष  इलेक्ट्रिसियनद्धारा झिलिमिली बत्ती जडान गर्न समेत आग्रह गरे ।  
 

प्रतिक्रिया