भर्खरै

वितरण केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

काठमाण्डौ, कात्तिक । विद्युत प्राधिकरणले  तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस भन्ने लक्ष्यका साथ देशभरका विद्युत वितरण केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । 
तिहारमा विद्युतको माग अत्याधिक हुने हुँदा राष्ट्रिय विद्युत प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले सोमबार निर्देशन दिएको हो ।
नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिई विद्युत उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
 नेपाल विद्युत प्राधिकरणका निर्देशक   कुलमान घिसिङले देशभरका ११० वटै वितरण वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्न, विद्युत सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्राधिकरणले तिहारमा विद्युतको अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ । 
सार्वजनिक बिदामा समेत आफ्नो विद्युत केन्द्रको उत्पादन, सञ्चालन, सम्भार लगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । 

प्रतिक्रिया