भर्खरै

होम वायोग्यासको शुभारम्भ

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

काठमाडौँ,  कात्तिक । शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको  होम वायोग्यासको शुभारम्भ गरिएको छ  । नेपालमा नै पहिलो पटक निर्माण भएको होम वायोग्यासको शुभारम्भ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका हुन् ।   वायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पु¥याउने उनले बताए । 
महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको बताउँदै कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्ने प्रमुख शाक्यले बताए ।  
वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम वायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउन जस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताए । 
एडन इन्जिनियरिङ्ग सोलुसन प्रा.लि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने वायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम वायोग्यासलाई घरका छतमा सजिलै राख्न सकिन्छ । एडन सोलुसन प्रालिका प्रभात भट्टराईका अनुसार घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त वायोग्यासमा हालिने र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने बताए । वायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा रख्नु पर्ने र  जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उनले बताए । दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्दा तीन घण्टासम्म ग्यास आउने पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त वायोग्यासको आयु १० वर्षको हुने जनाएको छ ।  

प्रतिक्रिया