भर्खरै

प्रसारण लाइनको चार सय ६० टावर निर्माण सम्पन्न

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

हेटौँडा, कात्तिक । चार सय के भी विद्युत प्रसारण लाइनका लागि चार सय ६० टावर निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्कामा एआइएल भारत तथा एल टिबी जर्मनीद्वारा संयुक्त रुपमा निर्माण भइरहेको हेटाँैडादेखि इनरुवासम्मको २८५ किलोमिटर क्षेत्रमा ८९२ विद्युत् टावर निर्माण हुने छन् जस मध्ये ५० प्रतिशत विद्युतीय टावर निर्माण सम्पन्न भएका छन् । सन् २०१३ अप्रिलमा  दुवै निर्माण 
कम्पनीबीच ३० महिनाभित्र ८९२ टावर निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो । 

एआइएल कम्पनीका प्रमुख प्रबन्धक दिनेशमान चन्द्राका अनुसार हेटौँडादेखि इनरुवासम्म प्रत्येक ४०० मिटरको दुरीमा विद्युत प्रतिरोधात्मक टावर निर्माण भइरहेको जानकारी दिए । खम्बा बनाउन जमीनको नक्सांकन, जङ्गलमा रुख कटानी, मुआब्जा वितरणलगायत काममा स्थानीय प्रशासनको ढिलासुस्ती र राजनीतिक असहयोग, भूकम्प तथा बाढी पहिरोका कारणले ढिलाइ भएको उनले बताए  । समयमै प्रसारण लाइनको टावर निर्माण गर्न मुख्य ठेकेदार कम्पनीले पिलर बनाउनका लागि १५ टावर ठड्याउन आठ कम्पनीलाई जिम्मा दिएको छ । ती कम्पनीले समयमै सम्पन्न गर्न तीव्ररुपमा काम गरिरहेका छन् । एउटा टावरको उचाइ ४५ मिटरदेखि ७० मिटरसम्म तथा २५ वर्ग मिटरदेखि ४७ वर्ग मिटरसम्म जग्गा आगटेको छ ।  प्रशारण लाइन  निर्माणका लागि विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागत रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago