भर्खरै

उपत्यकामा मोनोरेल नै उपयुक्त हुनेः महानगरपालिका मेयर शाक्य

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

काठमाडौँ, कात्तिक । काठमाडौँ उपत्यका भित्र दिन प्रतिदिन बढ्दै गइरहेको यातायात समस्यालाई सहजीकरण गर्न मोनोरेल नै उपयुक्त हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  बताएका छन् ।
 रिपोर्टस क्लबले सोमबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपत्यकामा बढ्दै गएको जनचाप सँगै यातायात सुविधालाई सहज रुपमा व्यवस्थित गर्न मोनोरेल नै एउटा उपयुक्त विकल्प रहेको बताए ।
मेयर शाक्यका अनुसार रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेको छ,उनले भने अब उपत्यकामा मोनोरेल सञ्चालन हुनेमा कुनै शंका  छैन ।
 उपत्यका भित्र मोनोरेल सञ्चालनमा ल्याउन सके सडक विस्तार गरेर कामपाको कुनै पनि घर भत्काउनु पदैन । निर्माण भएका घर भत्काएर सडक विस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक विस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।
वि.स २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पले भत्किएका ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणको काम पनि तीव्र रुपमा अघि बढेको जानकारी दिए ।  उनले धरहरा, काष्ठमण्डप जस्ता ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रुपमा रहेको रानीपोखरीको पनि काम शुरु हुने छ । 
फोहर व्यवस्थापनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको छ  । उनले कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको प्रक्रियामा ल्याइने उनले बताए ।
 

प्रतिक्रिया