भर्खरै

पाँच घर जलेर नष्ट

  • प्रकाशित मिति : Sun-11-Nov-2018
  • - Admin
title

कृष्णनगर, २४ कात्तिक  कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएको छ । 

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिए । 

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । आगोबाट मानवीय क्षति भने नभएको बताए । 

प्रतिक्रिया