भर्खरै

भ्रष्टाचार नियन्त्रण गर्छौं  : मुख्यमन्त्री राउत

  • प्रकाशित मिति : Mon-12-Nov-2018
  • - Admin
title

सर्लाही,  कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् ।

प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा  आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्य समस्या कुशासन, भ्रष्टाचार र अनियमितता हो त्यसलाई नियन्त्रणमा ल्याउने उनले भने । 

प्रदेश नं २ को आठ वटै जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै त्यसलाई समाप्त गर्ने उनले बताए ।  उनले प्रदेशमा सुशासन कायम गर्न सुशासनसम्बन्धी विधेयक प्रदेशसभामा लग्ने जानकारी दिए। 


कार्मचारी नहुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्दै उनले भने, “कर्मचारी माग्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउँदैन् । पठाए पनि केही महीना अवकाश हुन बाँकी रहेका कर्मचारी पठाउने गर्छ ।” 

“प्रदेश नं २ मा पाँच हजार कर्मचारी आवश्यक छ । तर कर्मचारी नहुँदा नीति कार्यक्रम लागू हुन सकेको छैन,” राउतले भने, “जनता प्रदेश सरकारले केही गरेन भन्छ । तर कर्मचारी नै नभएपछि कसरी काम गर्ने र ?” उनले सङ्घीय सरकारले कर्मचारी नदिए करारमा कर्मचारी नियुक्त गर्ने समेत बताए । 

मधेश आन्दोलनका घाइतेलाई तीन लाख 

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका कविलासी नगरपालिका–१ पिपरियाका रामनाथ रायका २२ वर्षीय छोरा गुडुकुमार रायलाई प्रदेश सरकारले तीन लाख रकम प्रदान गरेको छ । 

नोकैल्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले घाइते रायलाई तीन लाखको चेक प्रदान गरेका छन् । मधेश आन्दोलनका क्रममा २०७२ साल मङ्सिर १७ गते सर्लाहीको नवलपुरमा आयोजना गरिएको जनसभामा प्रहरीको गोली लागी उनी घाइते भएका थिए। 

सोही कार्यक्रममा मुख्यमन्त्री राउतले दीपावलीको दिन ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा आगलागीमा परी मृत्यु भएको एक बालक परिवारलाई दुई लाख सहयोग गर्ने घोषणा पनि गरे । दीपावलीको अवसरमा मैनबत्ती बालेर गाडीभित्रै राखेर सुतेको अवस्थमा आगलगी हुँदा रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको जलेर मृत्यु भएको थियो । रासस
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago