भर्खरै

चालु वर्ष प्राधिकरणको ७४ मेगावाट विद्युत प्रणालीमा जोडिने            

  • प्रकाशित मिति : Mon-12-Nov-2018
  • - Admin
title

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ७४ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने भएको छ । 
प्राधिकरणले निर्माण गरिरहेका २ आयोजना पूरा गरेर विद्युत उत्पादन गर्न लागेको हो । 

वर्षौं थलिएको १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए बाट यो वर्ष उत्पादन सुरु हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।‘प्राधिकरणका निर्माणाधीन आयोजना रोगी अवस्थामा छन्,’ उनले भने,‘ चालु वर्षभित्र दुई वटै आयोजना पूरा गरेर उत्पादन सुरु गर्छौं ।’ कुलेखानी तेस्रोबाट ३ महिनाभित्र विद्युत उत्पादन गर्ने गरी ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । 

 उनका अनुसार अहिले ठेकेदारले नियमित काम गरिरहेको छ । प्राधिकरणले कुलेखानी तेस्रोबाट दशैंअघि नै विद्युत उत्पादन सुरु गर्ने दाबी गरे पनि हाइड्रो तथा इलेक्ट्रोमेकानिकल ठेकेदारले काममा देखाएको सुस्तताका कारण उत्पादन अवधि पटक पटक प्रभावित हुँदै आएको छ । हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको जिम्मा लिएको ठेकेदार चीनको झेजियाङ जिनलुनलको लापरबाहीका कारण अलपत्र अवस्थामा पुगेको आयोजना पूरा गर्न प्राधिकरणले सक्रियता देखाएर नियमित अनुुगमन गरिरहेको छ । ९० प्रतिशत निर्माण पूरा भएको त्रिशूली ३ एबाट पनि चालु आवभित्र विद्युत उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ । आयोजनाबाट २०७६ असारबाट विद्युत उत्पादन सुरु गर्ने तालिका छ ।
  सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको आयोजनामा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२० केभी त्रिशूली ३ बी हब सबस्टेसनमा लगेर जोडिनेछ । विद्युत उत्पादन सुरु हुनुअघि हब तयार नभए आयोजनाले नै निर्माण गरिरहेको त्रिशूली–मातातीर्थ प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा लगेर जोड्ने तयारी छ । ४५ किलोमिटर लामो त्रिशूली(मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले निर्माण गरिरहेको छ । विद्युतगृहदेखि हबसम्म १३२ केभी र हबदेखि मातातीर्थसम्म २२० केभी डबल सर्किट लाइन निर्माण भइरहेको छ । आयोजना र प्रसारण लाइन पूरा हुँदा १२ अर्ब १२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।  ऊर्जा खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago