भर्खरै

प्रसारण लाइन रोकिएकामा इपानको चिन्ता

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

काठमाडौँ,  कात्तिक ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अवस्थामा पनि महत्वपूर्ण प्रसारण लाइनको काम अगाडि नबढेकामा चिन्ता व्यक्त गरेको छ । 

इपानले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसारण लाइनको अभावमा आगामी केही समयभित्रैदेखि महत्वपूर्ण आयोजनाका विद्युत् खेर जाने अवस्था आएको र निर्माणाधिन प्रसारण लाइनमा समस्या यथावत् रहेको बताएको छ । 
  
इपान अध्यक्ष शैलेन्द्र गुरागार्इँले प्रसारण लाइन निर्माणमा रहेको वन क्षेत्रको जग्गा प्राप्ति, रुख कटानलगायतका विषयमा सरकारले प्रभावकारी निर्णय गर्न नसकेको र यथास्थितिमै रहेकामा आफूहरुको ध्यानकर्षण भएको बताउनुभयो । हाल देशभर विभिन्न ४५ आयोजना निर्माणको क्रममा रहेको भए पनि पछिल्ला दिनमा कुनै पनि आयोजनामा प्रगति भएको छैन । 

वन तथा वातावरण मन्त्रालयले रुख कटानका अनुमति नदिँदा केही आयोजनाको विद्युत् खेर जाने अवस्था आएको भए पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक पहल नगरेको भन्दै अध्यक्ष गुरागाईँले तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । 

यस्तै अमेरिकी डलरको मूल्यमा भएको वृद्धिका कारण जलविद्युत् आयोजनाको लागत बढेकाले निजी क्षेत्रका आयोजनासमेत प्रभावित भएको इपानको भनाइ छ । “हरेक आयोजनाको लागत २० प्रतिशतले वृद्धि भएको छ । सरकारी, निजी दुवै आयोजना समस्यामा पर्ने अवस्था आएको छ” अध्यक्ष गुरागार्इँले भन्नुभयो । 

यस्तै इपानले निजी क्षेत्रसँग कुनै छलफल नै नगरी सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका ल्याएको भन्दै आपत्ति जनाएको छ । इपानले जलविद्युत् आयोजना निर्माण गर्दा बढीभन्दा बढी प्राकृतिक स्रोतको उपयोग गर्नुपर्नेमा आधाभन्दा बढी पानी खोलामा नै छाड्ने गरी तयार पारिएको निर्देशिका प्रति पनि गुनासो गरेको छ । रासस

“क्यू ४० मा डिजाइन हुने आयोजनालाई क्यू ४५ बनाइयो, यसले वार्षिक रुपमा ऊर्जा उत्पादन कम हुन जान्छ र लगानीकर्तालाई यसले बेफाइदा गर्छ, यसतर्फ पनि सरकारले ध्यान दिन जरुरी छ” इपानका उपाध्यक्ष कुमार पाण्डेले भन्नुभयो । 

सरकारले यही कात्तिक ७ गते सार्वजनिक गरेको निर्देशिकामा जलविद्युत् आयोजनाको डिजाइन क्यू ४५ मा गर्नुपर्ने विषय समावेश गरेको छ । यसअघि अधिकाँश आयोजना क्यू ४० मा नै डिजाइन हुने गरेको थियो । 

डिजाइनको सीमा परिवर्तन हुँदा आयोजनाको क्षमता घट्ने, वार्षिक आम्दानीसमेत घट्ने र सरकारी राजश्वसमेत घट्ने भएकाले त्यसतर्फ ध्यान दिन इपानले सुझाव दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago