भर्खरै

मुख्यमन्त्रीलाई विद्युतीय कार

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

हेटौँडा, कात्तिकः ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको छ । विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ । 

पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारको मूल्य रु ५५ लाखमा खरीद गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेटमा ३ नं प्रदेशमा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रिया चलाएको बताए । रासस
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago