भर्खरै

बिजुली चोरलाई गाली, कुलमानलाई ताली

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

शिखर श्रेष्ठ,
काठमाडौ कात्तिक । वि सं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ । यसको उदाहरण स्वरुप यो वर्षको लक्ष्मीपूजामा लोडसेडिङ्ग नहुनु हो । 
यस सँगै नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङको गुण गान गाउने प्रशस्त भेटिन्छन् । केही वर्ष अगाडीको तिहारलाई अन्धकारमा बनाई आफ्नो पेट भर्ने प्राधिकरणका कर्मचारीलाई गाली गर्दै कुलमानलाई ताली दिनेको कमी छैन् । 
प्राधिकरणमा निर्देशक घिसिङ नियुक्त भएपछि प्राधिकरणको लोडसेडिङ्ग अन्त्य कार्यक्रमलाई असहयोग गरेको भन्दै सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त नै गर्नु परेको थियो । त्यस यता पनि नेपालमा लोडसेडिङ्ग अन्त्य भएको भन्नेमा जनता कम आशावादी देखिन्थे ।
विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्ले नेपालमा कुनै पनि हालतमा लोडसेडिङ्ग अन्त्य हुन नसक्ने बताएका थिए । तर वि सं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ लगायत नेपाल भर लोडसेडिङ्ग अन्त्यले सार्थकता पाउँदै गएको छ ।

सामान्य कारण आपुर्तिमा समस्या

पर्वतको मोदी गाउँपालिकाको भोकलाङमा स्थानीयवासीले असावधानीका कारण रुख काट्दा विद्युतको तार चुँडिएका कारण सो स्थानमा समस्या देखिएको भए पनि अन्यत्र कुनै पनि समस्या नआएको प्राधिकरणको भनाइ छ । 
काठमाडौँको गौरीघाट क्षेत्रमा बाँदर झुण्डिएर प्रसारण लाइनमा केहीबेर समस्या पारेको थियो । सो क्षेत्रको ११ केभीको लाइनमा समस्या पाउने बित्तिकै प्राधिकरणको टोलीले मर्मत गरेको थियो ।
देशभर कुनै पनि स्थानमा विद्युत् अवरोध नभएको प्राधिकरणको भनाइ छ । बत्ती, रङ र फूलको पर्वलाई आफूहरुले मेहनतका साथ सफल बनाएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा समेत यस्तै साथ र सहयोग उपभोक्ताबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

यो वर्ष विद्युत खपत कम

गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत खपत कम भएको छ । गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १ सय ६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो । नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ । 
प्राधिकरणले एक हजार ५सय मेगावाटसम्म विद्युत् माग भए पनि आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्ष कूल एक हजार २ सय ७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण गरेको थियो । 
प्राधिकरणले विद्युत् पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो ।


 

प्रतिक्रिया