राष्ट्रिय परिचयपत्र वितरण हुदै

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

कात्तिक, फिदिम । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको हो । 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार पाँचथर जिल्लामा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको र यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने  बताए । जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले जानकारी दिए । 
राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९ सय ७४ जनाको नेपाली नागरिकको विवरण संकलन भइसकेको विभागका महानिर्देशक काफ्लेले बताए । 
पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए । 
 

प्रतिक्रिया