भर्खरै

पत्रकार महासङ्घद्वारा अनुगमन

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

पोखरा, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले महासङ्घले मिडिया हाउसमा अनुगमन मङ्गलबारदेखि थालेको हो । 

कास्कीका १३ वटा विभिन्न सञ्चारमाध्यममा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्थाबारे जानकारी लिएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । 

अनुगमन गर्दा केही सञ्चारमाध्यमको अवस्था राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । महासङ्घले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षसँग एकै ठाउँमा बसेर छलफल गर्ने र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सहजीकरण गर्न पनि महासङ्घ तयार रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । 

पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित अनुगमन टोलीमा महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठका साथै महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलगायतका टोलीले अनुगमन गरिरहनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago