भर्खरै

इनरुवामा आगलागी

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

इनरुवा,  कात्तिक  । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । 

घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago