भर्खरै

गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

पोखरा,  कात्तिक  । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताए । 

सो क्षेत्रको विद्युतीकरणको लागि सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतबाट दुई वटा सवस्टेशन निर्माण भइरहेको, गाउँपालिकाले रु ५० लाखमा नौ वटा ट्रान्फर्मर खरीद प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्री गुरुङले भने, “लाइन विस्तारमा प्रदेश सरकारको सहयोग रहनेछ, दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पु¥याउने प्रदेश सरकारको लक्ष्य छ ।’’ उनले भने, ‘‘उच्च जोखिममा रहेका काठेपोल विस्थापित गरी फलामे पोल विस्तार गरिनेछ ।” 

नेकपा जिल्ला संयन्त्र सदस्य बिष्णुभक्त सिग्देलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकतामा रहनुपर्नेमा जोड दिए । 

घिसिङ गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले जनताका अपेक्षालाई एकै पटक सम्बोधन गर्न नकिएपनि आवश्यकता अनुसार विकास निर्माणका काम अगाडि बढाएको बताए । तनहुँको भीमाददेखि ३१ किलोमिटरको दूरीमा कालीगण्डकी नदीको किनारामा अवस्थित कुमाल समुदायको बाहुल्यता रहेको उर्बर भूमि गड्यौलीटारमा सिँचाइको सुविधा पुग्न सकेको छैन । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago