भर्खरै

मुआब्जाका लागि सङ्घर्ष समिति गठन

  • प्रकाशित मिति : Thu-15-Nov-2018
  • - Admin
title

नुवाकोट,  कात्तिक  ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । 

योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन् । कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार क्षेत्रमा कालोपत्र गर्न लाग्दा स्थानीयवासीले अवरोध गर्दै मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेकामा स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरेपछि प्रभावितले सो समिति गठन गरेको संयोजक न्यौपानेले बताए । 

देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको उनीहरूको भनाइ थियो । पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि सङ्घर्षको तयारी गरिएको सहसंयोजक गीता अमात्यले बताए । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेकामा अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने, कोहीलाई नदिने । यो विभेद गर्न पाइँदैन”, संयोजक न्यौपानेले भने । 

विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिक रूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् । अहिलेको आयोजनामा कतै मुआब्जा दिने कतै नदिँदा अन्याय हुने सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताए । उक्त योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे सडकको मुआब्जा दिने नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । 

आयोजनाको देविघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्मका दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किमी सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago