भर्खरै

अटो रिक्सा प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : Mon-19-Nov-2018
  • - Admin
title

 

स्याङ्जा, २ मङ्सिर  वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक् प्रह्रलिे नियन्त्रणमा लिएको छ । 

करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिनुभयो । 

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा रहेका छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ । नगरपालिकाले प्रति किलोमिटर रु १५ र थप किलोमिटरको रु दशका दरले भाडा निधारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेपनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ । 
रासस

प्रतिक्रिया