धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी सहित स्थानीय घाईते
- प्रकाशित मिति : Mon-19-Nov-2018
- - Admin

सोमबार ३ मंसिर । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको हो ।
आइतबार राती १ बजेतिर भएको झडपमा धादिङ र गोरखाका गरि दर्जनौ स्थानीयहरु घाईते भएका छन् ।
ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका धादिङका असई विनयकुमार पाण्डे घाइते भएका छन् । पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ ।
झडपमा दुबै तर्फको गरि ६ वटा बोलेरो र १० वटा मोटरसाइकल माथि तोडफोड संगै गोरखाका केही घरहरुमा समेत क्षति भएको छ ।
- विद्युत संसार संवाददाता